शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, गम्भीर घाइते युवकको मृत्यु


पश्चिम प्रेस
बिहीबार , मंसिर २१ २०८०
  • 2.0K
    Shares

  • images
    images
    कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, गम्भीर घाइते युवकको मृत्यु

    महेन्द्रनगर । कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका युवकको उपचारको क्रममा मृत्यु भएको छ ।

    सोमबार राति सवा १० बजे जिल्लाको कृष्णपुर नगरपालिका नगरपालिका ४ को भित्री सडकखण्डमा सुप प्र ०१०१० प ३८८नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका–१९ बस्ने २२ वर्षीय रविन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मोटरसाइकलको पछाडि सवार चौधरी दुर्घटनामा गम्भीर घाइते भएका थिए । धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा बुधबार उनको मृत्यु भएको हो ।

    दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक कृष्णपुर नगरपालिका–४ का २५ वर्षीय घुम्मन राना र पछाडि सवार धनगढी उपमहानगरपालिका–६ बस्ने २० वर्षीय महेश चौधरीको धनगढीमा उपचार जारी छ ।


  • सम्बन्धित विषय:

  • # मोटरसाइकल दुर्घटना
  • प्रतिक्रिया दिनुहोस