सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

शुक्लाफाँटाका स्वास्थ्य चौकीमा ‘पोषण कर्नर’


पश्चिम प्रेस
बिहीबार , मंसिर २१ २०८०
  • 785
    Shares

  • images
    images
    शुक्लाफाँटाका स्वास्थ्य चौकीमा ‘पोषण कर्नर’

    महेन्द्रनगर । पोषणसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले शुक्लाफाँटा नगरपालिकाको स्वास्थ्य शाखाले स्वास्थ्य चौकीमा पोषण कर्नर स्थापना गरेको छ ।  समुदायमा उपलव्ध भएको विभिन्न किसिमको खानपानसम्बन्धी परामर्श दिनका लागि तीन वटा स्वास्थ्य चौकीमा पोषण कर्नर स्थाना गरिएको हो । 

    पिपलाडी, पिताम्बर स्वास्थ्यचौकी र दीपनगर आधारभूत स्वास्थ्य चौकीमा पोषण कर्नर स्थापना गरिएका छन् । नगरपालिकाको अन्य वडामा रहेका स्वास्थ्य संस्थामा कर्नर स्थापना गर्दै लैजाने लक्ष्य नगरपालिको लिएको छ ।

    पोषण कर्नर स्थापनाले हरेक उमेर र समूहका व्यक्तिले उपभोग गर्ने खाद्य वस्तुक साथै पोषक तत्वको जानकारी दिनका लागि सघाउ पु¥याउन कर्नर स्थापना गरिएको नगरपालिकाको स्वास्थ्य शाखका सिनियर अहेब हरिनाथले बताए। “स्वास्थ्य एवं सक्रिय जीवनयापन गर्न मद्दत पुगोस् भन्ने हेतुले कर्नर तयार गरी स्वास्थ्य चौकीमा सेवा लिनका लागि पुग्ने प्रत्येक व्यक्तिले देखिने गरी राखेका छौँ” उनले भने, “सन्तुलित खाद्य वस्तुको प्रयोगले निरोगी हुने कुरा सेवाग्राहीलाई बताउने गरेका छौँ ।”विश्व स्वास्थ्य सङ्गठन, खाद्य तथा कृषि सङ्गठनले अन्तर्राष्ट्रियरुपमा विकास गरी लागू गरेको मार्गदर्शनलाई आधार मानेर पोषण कर्नर स्थापना गरिएको उहाँको भनाइ रहेको छ । 

    प्रत्येक स्वास्थ्य संस्थामा कम्तीमा एक वटा पोषण कर्नर स्थापना गरी परामर्श दिने स्वास्थ्य शाखाले लक्ष्य लिएको छ । कर्नरमा स्थानीयस्तरमै उपलव्ध हुने शक्ति दिने खाना, हरियोसागपात, फलफूल, अण्डा, पशुपक्षीजन्य मासु, विभिन्न प्रकारका अन्न, कन्दमूल, गेडागुडी, दाल, दूध, दही, लगायतका नमुना प्रदर्शनका लागि राखिएका छन् ।

     प्रदर्शनमा राखिएको सन्तुलित भोजनबारे मेटाकार्डमा लेखेर जानकारी दिइएको छ । पिताम्बर स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी सुजाता बमले पोषण कर्नरमा राखिएको सन्तुलित खानाको महत्वबारे गर्भवती आमा र सुत्केरी भएका आमालाई सम्झाउने बुझाउने कार्य गरिँदै आएको बताए। “आमा र शिशुलाई कुपोषण हुनबाट जोगाउनका लागि पोषण कर्नरमा राखिएका खानाबारे विस्तृत रुपमा जानकारी दिन्छौँ” उनले भने, “कर्नरका माध्यमबाट सुत्केरी हुने र गर्भवती हुने आमा सचेत हुन थालेका छन ।”
      पोषण कर्नर हेरेर पनि धेरैले पोषणयुक्त खानाबारे जानकारी लिन थालेको उनको भनाइ छ । नगरपालिकाको स्वास्थ्य शाखाले रु ५० हजारको लगानीमा स्वास्थ्य संस्थामा पोषण कर्नर स्थापना गरेको छ ।


  • सम्बन्धित विषय:

  • # ‘पोषण कर्नर’
  • प्रतिक्रिया दिनुहोस