कैलाली । सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न धनगढी पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १० किलोको माला लगाइएको छ।
कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा धनगढीमा आजदेखि सुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्डलाई १० किलोको माला लगाइएको हो। प्रधानमन्त्रीले समारोह उद्घाटन गरेको अवसरमा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले १० बुँदे मागसहित प्रधानमन्त्रीलाई १० किलोको माला लगाएका छन्।
गौरीफन्टा नाकाको स्तरोन्नति गरिनुपर्ने, दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान, खप्तड, शुक्लाफाँटा, घोडाघोडी जस्ता पर्यटकीय क्षेत्रको प्रवर्द्धन, औद्योगिक क्षेत्र र विशेष औद्योगिक प्याकेज, जडीबुटी प्रशोधन केन्द्र, शीत गृह, चिनी मिल, सेती हाइड्रोपावर निर्माण गनुपर्ने माग राखेका हुन् ।
यसै गरी गेटा विमानस्थललाई वैकल्पिक अन्तर्राष्ट्रिय मार्ग, सबै जिल्लामा पक्की सडक, सूचना प्रविधि, बहृमदेव सडक, चिसापानीदेखि गड्डाचौकी सम्मका स्थानीय राजमार्गका बजारको जग्गा दर्ता, प्रदर्शन स्थल, नेपाल टेलिभिजनको प्रसारण केन्द्र र सुदूरपश्चिम सांस्कृतिक सङ्ग्रालय लगायतका १० बुँदे माग अघि सारेको हो।
.gif)