शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

परराष्ट्रमन्त्री कतार प्रस्थान, विपिन जोशीको रिहाइको पहल गर्ने


पश्चिम प्रेस
शनिबार, मंसिर २३ २०८०
  • 626
    Shares

  • images
    images
    परराष्ट्रमन्त्री कतार प्रस्थान, विपिन जोशीको रिहाइको पहल गर्ने

    महेन्द्रनगर । परराष्ट्रमन्त्री एनपी साउद कतार प्रस्थान गरेका छन्। दोहा २१औँ सम्मेलनमा सहभागी हुन उनी आज (शनिबार) बिहान ७ः४५ बजे कतार एयरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान गरेका हुन्। 

    परराष्ट्रमन्त्री साउदले आइतबार (डिसेम्बर १०) मा कतारमा सुरु हुने दोहा २१औँ फोरममा सहभागी हुने क्रममा उच्चस्तरीय भेटमा इजरायलमा बेपत्ता विपिन जोशीको रिहाइको विषय गम्भीरताका साथ कुरा उठाउने बताइएको छ । 

    उनले कतारमा समकक्षीसँगै विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखारीसँग विपिनका बारेमा कुराकानी गर्ने कार्यतालिका रहेको छ । 

    मन्त्री साउदले यसअघि मंसिर ८ गते राज्यमन्त्री मुखारीसँग परराष्ट्र मन्त्रालयमा भएको भेटमा पनि जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए। 


  • सम्बन्धित विषय:

  • # विपिन जोशी
  • प्रतिक्रिया दिनुहोस