सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

कैलालीमा लागू औषधसहित बाजुराका ३० वर्षीय युवक पक्राउ


पश्चिम प्रेस
आइतबार, मंसिर २४ २०८०
  • 454
    Shares

  • images
    images
    कैलालीमा लागू औषधसहित बाजुराका  ३० वर्षीय  युवक पक्राउ

    कैलाली । कैलालीमा लागू औषधसहित बाजुराका एक युवक पक्राउ परेका छन् ।

    जिल्लाको धनगढी उपमहानगरपालिका-२ ब्यारेलबाट शुक्रवार दिउँसो अवैध लागू औषधसहित बाजुरा त्रिवेणी नगरपालिका-२ घर भई कैलाली धनगढी उपमहानगरपालिका-१ बस्ने ३० वर्षीय शेखर शाह पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई ब्राउन सुगर १ ग्राम ४ सय मिलिग्राम र नियन्त्रित लागू औषध नाइट्राभेट २८ ट्याब्लेटसहित पक्राउ गरेको हो ।  

    प्रदेश नम्बर ३-०२ प ३३६२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा शाहलाई उक्त लागू औषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # लागू औषधसहित एक युवक पक्राउ
  • प्रतिक्रिया दिनुहोस