बझाङ । बझाङमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको केदारस्युँ गाउँपालिका-१ बिलै बस्ने २५ वर्षीय राम कुमार भण्डारी सोही ठाउँस्थित चौडाम बगरको कान्द्वाल भिरमा मृत अवस्थामा शनिवार साँझतिर फेला परेका प्रहरीले जनाएको छ ।
भण्डारी शनिवार बिहान खेतमा सिचाई गर्न भनी घरबाट निस्केका र अबेरसम्म घरमा फर्की नआएपछि आफन्तहरूले खोजतलास गर्ने क्रममा मृत अवस्थामा फेला परेका हुन् ।
भण्डारीको मृत्युको कारण भने खुल्न सकेको छैन । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बझाङबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
.gif)