कैलाली । कैलालीबाट अवैध लागू औषधसहित डोटीका दुई युवक पक्राउ परेका छन् ।
जिल्लाको धनगढी उपमहानगरपालिका—२ त्रिनगर स्थित पोस्ट अगाडीबाट १३० मिलिग्राम लागू औषध (खैरो हेरोइन) जस्तो देखिने धुलो पदार्थ सहित डोटीका दुई युवक आइतबार दिउँसो पक्राउ परेका हुन् । पक्राउ पर्नेमा डोटीको के.आई.सिंह गाउँपालिका—१ का २० वर्षीय निश्चल शाही र के.आई.सिंह गाउँपालिका—२ का २१ वर्षीय मनोज रावल रहेका प्रहरीले जनाएको छ ।
प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा शङ्का लागी चेकजाँच गर्दा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
.gif)