कैलाली । धनगढीमा एम्बुलेन्स भित्रै राखेको झन्डै ३ किलो चरेससहित बझाङका एम्बुलेन्स चालक पक्राउ परेका छन् ।
जिल्लाको धनगढी उपमहानगरपालिका—३ स्थित बोराडाडी क्षेत्रबाट बझाङको रायल स्वास्थ्य केन्द्रको ००१ झ ०५४२ नम्बरको एम्बुलेन्सका चालक पक्राउ परेका हुन् ।
एम्बुलेन्सका चालक बझाङको केदारस्यु गाउँपालिका—३ का ३७ वर्षीय रामबहादुर खाती रहेका प्रहरीले जनाएको छ । बझाङबाट बिरामी ल्याएर धनगढी आएका एम्बुलेन्स चालक खातीलाई २ किलो ८ सय ग्राम चरेससहित पक्राउ गरिएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटी, संघिय प्रहरीको टिम, जिप्रका कैलाली र वडा प्रहरी कार्यालय धनगढीको संयुक्त टोलीले एम्बुलेन्स चालक खातीलाई उक्त तौलको चरेससहित पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
.gif)