मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

बैतडीमा धारिलो हतियार प्रयोग गरी महिलाको हत्या, सिङ्गो गाउँ शोकमा


पश्चिम प्रेस
बुधबार, मंसिर २७ २०८०
  • 913
    Shares

  • images
    images
    बैतडीमा धारिलो हतियार प्रयोग गरी महिलाको हत्या, सिङ्गो गाउँ शोकमा

    बैतडी । बैतडीमा धारिलो हतियार प्रयोग गरेर एक महिलाको हत्या गरिएको छ । हिजो (मङ्गलवार) जिल्लाको सुर्नया गाउँपालिका – ३ बिजुलका अन्दाजी ३२ बर्षीय तेजबहादुर चन्दले सोही ठाउँकी अन्दाजी ५६ बर्षीया हरिना बिष्टको धारिलो हतियार प्रयोग गरि हत्या गरेका हुन् ।

    घरमा काम गरिरहेकी बिष्टको हत्या भएपछि सिङ्गो गाँउ नै शोकमा डुबेको छ । घरमा कोही नभएका बेला एक्कासी घरमा आएर उनिमाथि घरेलु हतियार प्रयोग गरेर हत्या गरिएको प्रहरीले जनाएको छ । 

    हत्यामा संलग्न रहेका चन्दलाई मानसिक समस्या रहेको स्थानीयहरुको भनाइ छ । महिलाको हत्या भएपछि अहिले स्थानीयहरु त्रसित बनेका छन् । अभियुक्तलाई हदैसम्मको कारवाही हुनुपर्ने उनीहरुले माग गरेका छन् ।


  • सम्बन्धित विषय:

  • # महिलाको हत्या
  • प्रतिक्रिया दिनुहोस