कैलाली । कैलालीबाट लागू औषधसहित दुई युवक पक्राउ परेका छन् ।
जिल्लाको टिकापुर नगरपालिका —९ खग्रौलाबाट १ ग्राम ६० मिलिग्राम लागू औषध (खैरो हेरोइन) जस्तो देखिने धुलो पदार्थसहित बिहीबार दिउँसो दुई जना पक्राउ परेका प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा टिकापुर नगरपालिका —९ बस्ने २० वर्षीय रमेश साउद र सोही नगरपालिका —१ बस्ने २७ वर्षीय पदम राज भण्डारी रहेका छन् ।
इलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटिएको प्रहरी टोलीले दुवै जनाले लागू औषध सेवन गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गर्दा उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
.gif)