कैलाली । कैलालीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको घोडाघोडी नगरपालिका—१ बेलार बस्ने ५७ वर्षीय मान बहादुर कुँवर मृत फेला परेका प्रहरीले जनाएको छ । कुँवर घरदेखि अन्दाजी ५०० मिटर दक्षिण तर्फ आफ्नै खेतमा शनिवार दिउँसो मृत अवस्थामा फेला परेका हुन । कुँवरको मृत्युको करण भने पत्ता लागेको छैन ।
यस सम्बन्धमा इलाका प्रहरी कार्यालय सुखड कैलालीबाट आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
.gif)