मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

चिसोबाट बच्न २४ घण्टे चेतावनी


पश्चिम प्रेस
आइतबार, पुस १ २०८०
  • 686
    Shares

  • images
    images
    चिसोबाट बच्न २४ घण्टे चेतावनी

    काठमाडौँ । तराईका थोरै स्थानमा हुस्सु÷कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

    पश्चिमी वायुको आंशिक प्रभावले हाल देशको पहाडी भेगमा आंशिक बदली छ भने देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा छ।

    महाशाखाका अनुसार दिउँसो लुम्बिनी प्रदेशलगायत पहाडी क्षेत्रमा आंशिक बदली र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। यस्तै राति पनि लुम्बिनी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिक बदली भई बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने माशाखाले जनाएको छ ।

    गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको एक—दुई स्थानमा भने हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। 

    यसैबीच मौसम महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। चिसोबाट बच्न महाशाखाले अनुरोध गरको छ । 


  • सम्बन्धित विषय:

  • # चिसो
  • प्रतिक्रिया दिनुहोस