डडेल्धुरा । हिजो (शनिवार) राती डडेल्धुराको बागबजारमा भएको आगलागीबाट २ करोड बढीको क्षति भएको छ ।
बागबजारको शुलभ फेन्सीको अन्दाजी १ करोड २० लाख, कैलपाल मेडिकलको अन्दाजी ८० लाख र शिशिर फेन्सीका ८० लाख रुपैयाँ गरी जम्मा दुई करोड ८६ लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए ।
उनका अनुसार घरधनी महेशप्रसाद भट्टको अन्दाजी ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । शनिवार राति पौने ९ बजेतिर अमरगढी नगरपालिका–५ बागबजारमा रहेको शुलभ फेन्सीमा तार सर्ट भइ सुरु भएको आगलागीबाट दुई करोड ८६ लाख रुपैयाँ बराबरको क्षति भएको हो ।
अमरगढी नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना र स्थानीयले करिब एक घण्टा पछि आगो नियन्त्रणमा लिएका थिए ।
.gif)