महेन्द्रनगर । कञ्चनपुरको एक विद्यालयका झन्डै १ दर्जन सिसिटिभी चोरी भएका छन् ।
जिल्लाको दोधारा चाँदनीको भानु माध्यमिक विद्यालयका ९ ओटा सिसिटिभी क्यामरा चोरी भएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर सिजालीले जानकारी दिए । उनका अनुसार शुक्रवार राती मात्रै ७ ओटा सिसिटिभी क्यामरा चोरी भएका छन् ।
एक साताअघि एक र झन्डै २ महिना पहिले अर्को एक थान सिसिटिभी क्यामरा चोरी भएको उनले बताए । चोरी गर्ने तीन जना सिसिटिभी फुटेजमा प्रस्टै देखिएका छन् ।
विद्यालयले चोरीबारे प्रहरीमा निवेदन दिएको छ भने यस विषयमा अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ ।
.gif)