मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कैलालीमा पुरुष नभएका घरमा ठगी, भाँडादेखि सुनसम्म लुटपाट


पश्चिम प्रेस
आइतबार, पुस १ २०८०
  • 608
    Shares

  • images
    images
    कैलालीमा पुरुष नभएका घरमा ठगी, भाँडादेखि सुनसम्म लुटपाट

    कैलाली । कैलालीको गोदावरी नगरपालिका—९ बल्मीका स्थानीय महिलाबाट लुटिएका छन् । गाउँका करिब २० परिवार एक भारतीय महिलाबाट लुटिएका हुन्।

    हरेक घरबाट डेढ तोलाका दरले ती महिलाले सुन संकलन गरेर अहिले फरार भएको स्थानीले बताएका छन् । नाम, ठेगाना नखुलेकी ती भारतीय महिलाले पुरुष घरमा नभएका परिवारका महिलालाई निसाना बनाएर सुन, चाँदी, तामा, काँसा, पित्तल लगायतका भाडाँकुडा लगेर फरार भएकी छन्।

    ती महिलाले सुरुमा पुराना भाडा लिएर नयाँ भाडा निःशुल्क रुपमा दिने कार्यबाट ठगीको योजना बनाएको बुझिएको छ। कुनै महिलाबाट सुरुमा दुई हजार नगद मागेर अर्कोदिन त्यो भन्दा बढी पैसा दिएर पनि ठगीको योजना बनाएको खुल्न आएको छ। भारतीय चलचित्र हेराफेरी जस्तै एक तोला सुन दियो भने दुई तोला पाइने भन्दै ग्रामीण समुदायका महिलालाई ठगी गरेको स्थानीयको गुनासो छ।

    प्रत्येक घरबाट गरी १५ देखि २० तोला सुन संकलन गरेर अहिले ती महिला फरार छन्। काखमा बच्चा च्यापेर चार पाँचदिन नियमित बल्मी क्षेत्रमा आइरहने ती महिलाले पुरुष घरमा नभएका महिलालाई छानी–छानी ठगी गरेको पाइएको हो। 


  • सम्बन्धित विषय:

  • # लुटपाट
  • प्रतिक्रिया दिनुहोस