महेन्द्रनगर । बाजुरा केन्द्र भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज (सोमबार) बिहान ६ः५२ बजेतिर बाजुराको कोल्टी केन्द्र भएर भूकम्प गएको हो।
भूकम्पको तीव्रता ३.५ रेक्टर स्केल मापन भएको छ। सुदूरपश्चिमका अरु जिल्लामा पनि कम्पन्न महसुस भएको छ।
पछिल्लो समय देशका विभिन्न ठाउँमा सानो तथा ठूला भूकम्पहरु गइरहेका छन्।
.gif)