बाजुरा । बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मार्तडीबाट निर्माण सामाग्री लिएर बडिमालिका–२ भौनेरा जाँदै गर्दा खरिगाडमा दुर्घटना हुँदा तीन पुरुष र एक महिला गरेर चार जनाको घट्नास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा गौमुल गाउँपालिका–६ का ३५ वर्षीय हिक्मतबहादुर रोकाया बडिमालिका–२ भौनेराका अन्दाजी ३७ वर्षीय देवराज जोशी बडिमालिका– १ का ३६ वर्षीय चन्द्र दानी र बडिमालिका–२ जुगाडाकी २६ वर्षीया करिष्मा रोकाया रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
चालक हिक्मत रोकायाले चलाएको सु।प्र ०१००२ त ४१०५ ट्याक्टर लु ४ त ७३०५ को ट्याक्टरमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
.gif)