मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

नेपाल प्रहरीको जागिर छाडेर रुसी सेनामा भर्ना, मृत्युपछि कुशको शव बनाएर दाहसंस्कार


पश्चिम प्रेस
सोमबार, पुस २ २०८०
  • 861
    Shares

  • images
    images
    नेपाल प्रहरीको जागिर छाडेर रुसी सेनामा भर्ना, मृत्युपछि कुशको शव बनाएर दाहसंस्कार

    महेन्द्रनगर । युद्धग्रस्त युक्रेन र रुसमा भएको भिडन्तमा परी कैलालीको टीकापुरका एक युवकको मृत्यु भएको छ। तीन महिनाअघि रुसी सेनामा आबद्ध भएर युद्धग्रस्त क्षेत्रमा गएका टीकापुर नगरपालिका—१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको मृत्यु भएको हो। 

    तीन महिनाअघि रुसी सेनामा भर्ना भएका उनको मृत्युको खबर उनकै साथीबाट परिवारजनसम्म आइपुग्यो । तर नेपाल र रूस सरकारले भने परिवारजनलाई औपचारिक रूपमा कुनै जानकारी दिएका छैनन्।
    जीवनकालको सात वर्ष नेपाल प्रहरीलाई रुसी आर्मीमा भर्ना भएका उनको शव पनि परिवारले पाउन सकेन । मङ्सिर दोस्रो साता त परिवारजनले भरतसँग कुराकानी पनि गरेका थिए। त्यति वेला ठिकै भएको बताएको उनका भाइ मंगल शाहले बताए। 

    सरकारी निकायबाट आधिकारिक जानकारी नआएपछि उनको परिवार रनभुल्लमा परेको थियो। परिवार जनबिच सरसल्लाह भएपछि अन्तिम संस्कार गर्ने निचोडमा पुगेको हो। “शव आउने—नआउने टुङ्गो नभएपछि आज कुशको शव बनाएर परम्परा अनुसार अन्तिम संस्कार गरेका हौँ।” भाइ मङ्गलले भने
    । भरतका श्रीमती, चार वर्षका छोरा र तीन महिनाकी छोरी छन्।

    रुसी सेनामा भर्ना हुन सरकारले कुनै सम्झौता गरेको छैन। भिजिट तथा विद्यार्थी भिसामा रूस पुग्ने नेपाली युवा त्यहाँको सेनामा भर्ती भइरहेका छन्। केही अघि एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा करिब २०० नेपाली युवा रहेको जानकारी प्राप्त भएको बताएका थिए।


  • सम्बन्धित विषय:

  • # रुसी आर्मी
  • प्रतिक्रिया दिनुहोस