कैलाली । कैलालीको गौरीगंगा नगरपालिकाको विवादीत सिमामा चुरे गाउँपालिकाले बोर्ड लगाएको छ। गौरीगंगा नगरपालिका र चुरे गाउँपालिकाबीच विगतदेखी नै विवाद रहदै आएको चुरे गाउँपालिका– ४ को सिमाक्षेत्रका बोर्ड लगाएको हो ।
उक्त वडामा रहेका खोलानालाहरुबाट गौरीगंगा नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन गर्दै आएको थियो। खोलानालाहरुबाट अवैध रुपमा हस्तक्षेपकारी ढंगले गौरीगंगाले नदीजन्य पदार्थ उत्खनन गरीरहेको र त्यसले चुरे क्षेत्रको दोहन तथा भुक्षय भई बस्ती विनास हुने समस्या आउन सक्ने भन्दै चुरे गाउँपालिकाले सर्वोच्च अदालतमा मुद्धा समेत दायर गरेको थियो।
उक्त मुद्दा हेर्दै अदालतले गत वर्ष पुष ४ गते चुरे गाउँपालिकाको पक्षमा अल्पकालिन अन्तरिम आदेश दिएको थियो।
सोही आदेश पश्चात चुरे गाउँपालिका— ४ को सिमाक्षेत्रमा बोर्ड लगाउने कार्य गरेको चुरे गाउँपालिकाका अध्यक्ष चक्र बहादुर बोगटीले बताए । गौरीगङ्गा नगरपाकिलाले आफ्नो क्षेत्रमा पर्ने खोलानालाबाट विगत ५ वर्षदेखि नदीजन्य पदार्थ उत्खनन गरिरहेको उनले बताए ।
.gif)