शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा लागुऔषधसहित चार जना पक्राउ


पश्चिम प्रेस
बुधबार, पुस ४ २०८०
  • 613
    Shares

  • images
    images
    कञ्चनपुरमा लागुऔषधसहित चार जना पक्राउ

    महेन्द्रनगर । कञ्चनपुरमा चरेस र खैरो हेरोईनसहित चार जना पक्राउ परेका छन्। 

    मंगलवार बेदकोट नगरपालिका-७ बसन्तपुरबाट लागुऔषध (चरेस) ०.७१ ग्राम र ०.०६ ग्राम खैरो हेरोईनसहित भिमदत्त नगरपालिका-२ बस्ने २३ वर्षीय हरिश चन्दसहित चार जना पक्राउ परेका हुन्। 

    प्रहरी चौकी सुडाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट उक्त पदार्थ फेला पारी चारै जनालाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ।


  • सम्बन्धित विषय:

  • # लागुऔषध
  • प्रतिक्रिया दिनुहोस