डडेल्धुरा । डडेल्धुरामा बुधवार भएको जिप दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका अमरगढी नगरपालिका वडा नम्बर—८ का ४० वर्षीय दानबहादुर ओलीको मृत्यु भएको छ।
उनको बुधवार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। दुर्घटनामा घाइते भएका सोही जिपमा सवार नवदुर्गा गाउँपालिका वडा नम्बर-४ का २७ वर्षीय दीपेन्द्र बोहराको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। जिप चालक नवदुर्गा गाउँपालिका वडा नम्बर-१ का ३० वर्षीय दिपक बहादुर बुढा ऐरलाई थप उपचारको लागि धनगढी रिफर गरिएको छ।
अमरगढी नगरपालिका वडा नम्बर-२ आईतबजारको माथिल्लो मोड स्थित भित्री सडक खण्डमा बगरकोटबाट डडेल्धुरा सदरमुकाम तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०४००१ च १८८ नम्बरको जिप सडक नालामा पल्टिएर बुधवार साँझ दुर्घटना भएको थियो।
.gif)