कञ्चनपुरको बेलौरी नगरपालिका –१ हीरापुर ठेगाना भएका सन्देश तिरुवाको परिवारका पाँच जना सदस्य मङ्गलवार बिहान ग्याँस लिक भई आगलागी हुँदा गम्भीर घाइते भएका हुन् । घाइतेहरूको बैंग्लोरस्थित विक्टोरिया अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
सोमवार राति एउटै कोठामा सुतेका तिरुवा परिवार मङ्गलवार बिहान उठेर ग्यास जलाउँदै गर्दा आगलागीमा परी घाइते भएका प्रवासी नेपाली सङ्घ भारतका केन्द्रीय सचिवालय सदस्य तिलकराज कँडेलले जानकारी दिए । उनका अनुसार २८ वर्षीय सन्देश तिरुवा, उनकी श्रीमती २६ वर्षीया निकला, छोराछोरी तीन वर्षका रोहन, सात वर्षका रोशन र १५ वर्षका रोशनी तिरुवा जलेर घाइते भएका छन् ।
.gif)