मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

पुराना दलका नेताहरूको कारण युवाहरू विदेशिन बाध्य भएः रवि लामिछाने


पश्चिम प्रेस
शुक्रबार, पुस ६ २०८०
  • 608
    Shares

  • images
    images
    पुराना दलका नेताहरूको कारण युवाहरू विदेशिन बाध्य भएः रवि लामिछाने

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युवाहरू पुराना दलका नेताहरूको कारण विदेशिन बाध्य भएको आरोप लगाएका छन् ।

    आज स्याङ्जामा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै उनले आफु मिसन ८४मा रहेको बताएका छन् । उनले भने, 'टोलटोलमा पैसाको बिटो बोकेर हिँड्ने, विदेशमा भएकाहरूको भोट पनि आफैं हाल्न लगाउनेलाई रास्वपाले टिकट दिँदैन । यहाँबाट चुनाव जितेका नेताहरूको सात पुस्ताले जिते तपाईंहरूको साता पुस्ताले हार्नुभयो ।’ 

    उनले भने, ‘हरेक ठेक्कामा आफन्तवाद, नातावाद र कृपावाद नेताका छोरा छोरी नातानातिना जो चप्पल पड्काएर आएका थिए तीनिहरुको पाँच तारे होटेलमा ठुला व्यापारिले झैं विवाह, व्रतबन्ध भोज भतेर गर्न सक्ने भए जनता आफ्नो उपचार गर्नको लागि घरबार बेचेर छोराछोरी विदेश पठाउने भए यही हो जनता हारेको चुनावको परिणम। यस्तो हुँदा पनि हाम्रो चेत खुलेको छैन ।’

    आफ्नो छोराछोरी, नातानातिनी विदेशिन पर्दा समेत त्यही पुराना दलका नेताहरूलाई नै जनताले किन भोट किन हालिरहेका छन् बुझ्न नसकेको उनको भनाइ थियो ।

     


  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • प्रतिक्रिया दिनुहोस