कैलाली । कैलालीबाट बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ परेकी छिन् ।
कैलालीको टीकापुर नगरपालिका—१ बस्ने २६ वर्षीया माया चौधरी शुक्रवार पक्राउ परेकी प्रहरीले जनाएको छ । जिल्ला अदालत कैलालीले २०७२ माघ १० गते उनलाई बहुविवाह मुद्दामा ९ महिना ८ दिन कैद र ५ हजार जरिवाना ताकेपछि उनी फरार रहेकी थिइन् ।
फरार रहेकी चौधरीलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनकै घर ठेगानामा फेला पारी पक्राउ गरेको हो । चौधरीलाई आवश्यक कारबाहीको लागि अदालतमा पेस गरिसकेको प्रहरीले जनाएको छ ।
.gif)