कैलाली । कैलालीमा पहिलो पटक समलिङ्गी विवाह दर्ता भएको छ । जिल्लाको कैलारी गाउँपालिका— ८ का प्रकाश चौधरी र दाङ तुलसीपुर उपमहानगरपालिका— १ का मलिना न्यौपानेको विवाह भएको ४ वर्षपछि गाउँपालिकामा विवाह दर्ता भएको हो ।
समलिङ्गी विवाह गर्न पाउने कानूनी व्यवस्था हुँदाहुँदै पनि अहिले सम्म कैलालीमा समलिङ्गी विवाह दर्ता भएको थिएन । पहिलो पटक आफूहरूको विवाह दर्ता भएको बताउँदै दुबै जनाले शनिवार धनगढीमा खुसी साटेका हुन् ।
उनीहरूले समलिङ्गी विवाह पछि अब धर्म सन्ताका विषयमा पनि सहज गरिनु पर्ने बताएका थिए । विवाह दर्ता पनि अब कानुनी रूपमै आफूहरू पति पत्नी भएको भन्दै उनीहरूले पनि अरू लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूलाई खुलेर आउनु पर्ने बताएका थिए ।
यस अघि नवलपरासीका सुरेन्द्र पाण्डे र लमजुङका माया भनेर चिनिने रामबहादुर गुरुङबिचको विवाहलाई नेपालको स्थानीय प्रशासनले दर्ता गरेको हो । त्यो नेपालमा पहिलो पटक समलैंगिक विवाह दर्ता हो ।
.gif)