मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

सन्दीप लामिछाने विरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा


पश्चिम प्रेस
आइतबार, पुस ८ २०८०
  • 479
    Shares

  • images
    images
    सन्दीप लामिछाने विरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

    काठमाडौँ । जिल्ला अदालत काठमाडौंमा शिशिरराज ढकालको इजलासमा अन्तिम सुनुवाइ चलिरहेको सन्दीप लामिछानेविरुद्धको बलात्कार सम्न्धी मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको छ । आइतबार सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राख्ने आदेश भएको जिल्ला अदालतले जनाएको छ।

    अब न्यायाधीश ढकालकै इजालसमा सोमबार पनि सुनुवाइ हुनेछ। यसअघि पटकपटक स्थगित र कागजागत झिकाउने आदेश हुँदै आएका थिए। अन्तिम फैसला नगरि पन्छाइँदै आएको थियो।

    यो मुद्दा अहिलेसम्म ३३ पटक पेशी चढिसकेको छ। आज न्यायाधीश ढकालले ‘हेर्दाहेर्दै’मा राखेकाले अर्को पेशीमा अन्तिम फैसला आउनसक्ने कानून व्यवसायीले आकलन गरेका छन्।

    २०७९ भदौमा लामिछाने विरुद्ध नाबालिका बलात्कारको आरोप लागेको थियो। 


  • सम्बन्धित विषय:

  • # सन्दीप लामिछाने
  • प्रतिक्रिया दिनुहोस