मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

धनगढीबाट भन्सार छलीका सामान बरामद


पश्चिम प्रेस
सोमबार, पुस ९ २०८०
  • 523
    Shares

  • images
    images
    धनगढीबाट भन्सार छलीका सामान बरामद

    कैलाली । कैलालीबाट अवैध भन्सार छलीका सामान बरामद गरिएको छ ।

    जिल्लाको धनगढी उपमहानगरपालिका—२ ट्राफिक चोक र बालुवा घाटबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी ३८ हजार २ सय १० मूल्य बराबरको चिनी,प्याज,बिडी,चाउमिन,सुर्ती,प्लास्टिक झिल्ली,खुर्सानी लगायतका सामानहरू बरामद गरेको हो ।

    त्यसै गरी सोही उपमहानगरपापिलका—३ मिलनचोकबाट अन्दाजी २३ हजार ७ सय ५० मूल्य बराबरको चिनी,उलन,सर्ट,कट्टु,भेष्ट,चकलेट लगायतका सामानहरू जम्मा अन्दाजी ६१ हजार ९ सय ६० मूल्य बराबरको सामानहरू आइतबार  बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो ।

    बरामद गरेका उक्त सामान आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # भन्सार छलीका सामान बरामद
  • प्रतिक्रिया दिनुहोस