सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

प्रधानमन्त्री प्रचण्डले भोलि ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने


पश्चिम प्रेस
सोमबार, पुस ९ २०८०
  • 435
    Shares

  • images
    images
    प्रधानमन्त्री प्रचण्डले भोलि ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने
    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोली (मङ्गलबार) अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भउका छन् । प्रधानमन्त्रीमा नियुक्त भएको एकवर्ष पुगेका अवसरमा उहाँले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । 
     
    विसं २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखी कार्यसम्पादन गरिरहेको छ ।
     
    भ्रष्टाचार नियन्त्रण, सुशासन तथा सामाजिक न्यायको प्रत्याभूति र मुलुकको आर्थिक अवस्थालाई सुदृढ बनाउन सरकारले एक वर्षका अवधिमा गरेका प्रयासबारे जानकारी दिन उहाँले सम्बोधन गर्न लाग्नुभएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। 


  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री प्रचण्ड
  • प्रतिक्रिया दिनुहोस