सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुर र कैलालीबाट १ लाख बढीका अवैध सामान बरामद


पश्चिम प्रेस
मंगलबार, पुस १० २०८०
  • 443
    Shares

  • images
    images
    कञ्चनपुर र कैलालीबाट १ लाख बढीका अवैध सामान बरामद

    महेन्द्रनगर । कञ्चनपुर र कैलालीबाट १ लाख बढीका अवैध भन्सार छलीका सामान बरामद गरिएको छ । 

    कञ्चनपुरको भिमदत्त नगरपालिका—१० भुजेलाबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी ८० हजार ४ सय ४० मूल्य बराबरको कपडा,चिनी,मिस्री,दाल लगायतका सामानहरू सोमबार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो । बरामद गरेका उक्त सामान आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    त्यसै गरी, कैलालीको धनगढी उपमहानगरपालिका—२ बालुवा घाटबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी २० हजार ३ सय ७० मूल्य बराबरको कपडा,मिठाई,नरिवल,सुर्ती लगायतका सामानहरू बरामद गरिएको छ ।

    त्यस्तै धनगढी उपमहानगरपालिका—९ घुयाघाटबाट अन्दाजी ७ हजार बराबरको प्याज र धनगढी उपमहानगरपालिका—१५ कनरीबाट अन्दाजी ९ हजार ५ सय मूल्य बराबरको बोईलर कुखुरा गरी जम्मा अन्दाजी ३६ हजार ८ सय ७० मूल्य बराबरको सामानहरू सोमबार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो ।

    बरामद गरेका सामान आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # भन्सार छलीका सामान बरामद
  • प्रतिक्रिया दिनुहोस