बाजुरा । नेपाली सेना दुर्गभञ्जन गुल्मले बडीमालिका मन्दिर परिसरमा सरसफाई गरेको छ । एनसीसी पुर्व छात्र संघ नेपालको छैटौं स्थापना दिवसको अवसरमा सदरमुकाम मार्तडीमा रहेको बडीमालिका मन्दिरको परिसर सरसफाई हो ।
हिजो (सोमबार) छैटौं स्थापना दिवसको अवसरमा गुल्मको सक्रियतामा एनसीसी छात्र जिल्ला कार्य समितिका पदाधिकारीहरुको सहभागीमा मन्दिर परिसर सरसफाई गरेको दुर्गाभञ्जन गुल्मका गुल्मपति सेनानी धर्मेन्द्रबहादुर सिंहले जानकारी दिएका छन् ।
बडीमालिका मन्दिर वरिपरि फोहर भएकोले स्थापना दिवसको अवसर पारेर मन्दिर परिसर सरसफाई गरिएको उनले बताए ।
एनसीसी छात्रहरुको सहभागितामा गुल्मले विभिन्न समयमा सामाजिक कार्य पनि गर्दै आएको छ ।
.gif)