बाजुरा । विद्युतको तार सर्ट भई बाजुराको एक घरमा आगलागी भएको छ ।
जिल्लाको त्रिवेणी नगरपालिका—९ किम्नीस्थित एक घरमा आगलागी भएको छ । घरमा लगाएको विद्युतको तार सर्ट भएर त्रिवेणी नगरपालिका—५ किम्नीकी भरुदेवी बुढाको घरमा आगलागी भएको हो । बुढाका अनुसार घरमा आगलागी हुँदा घरमा रहेको अन्न अनाज लुगा कपडा भाँडालगायत सबै जलेर नष्ट भएको छ ।
घरमा भएको खाद्यान्न तथा लुगाफाटो जले पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आगजनीबाट के कति क्षति भयो भन्ने कुरा स्पष्ट भएको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
.gif)