महेन्द्रनगर । कञ्चनपुरमा लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका(४ फ्लोरिडा स्कुल नजिकबाट ०।०९ ग्राम लागूऔषधसहित भीमदत्त नगरपालिका(६ बनगाँउका २८ वर्षीय बिनोद भुजेलसहित दुई जना पक्राउ परेका हुन्।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले लागूऔषधसहित मंगलबार साँझ पक्राउ गरेको बताएको छ। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले थप अनुसन्धान गरिरहेको जनाएको छ।
.gif)