मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा लागू औषधसहित तीन जना पक्राउ


पश्चिम प्रेस
बिहीबार , पुस १२ २०८०
  • 578
    Shares

  • images
    images
    कञ्चनपुरमा लागू औषधसहित तीन जना पक्राउ

    महेन्द्रनगर । कञ्चनपुरमा लागू औषधसहित तीन जना पक्राउ परेका छन् ।

    जिल्लाको भीमदत्त नगरपालिका—४ स्थित २ नम्बर गल्लीबाट बुधवार साँझ ०.२४ ग्राम लागू औषध (खैरो हेरोइन) सहित सोही ठाउँका १८ वर्षीय किशोरसहित दुई जना पक्राउ परेका हुन् । वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई लागू औषधसहित फेला पारी पक्राउ गरेको हो । 

    त्यसै गरी, कृष्णपुर नगरपालिका—८ रैकवारबिचुवाबाट ३.४७ ग्राम लागू औषधसहित सोही ठाउँका २८ वर्षीय हरिश भण्डारी बुधवार साँझ पक्राउ परेका प्रहरीले जनाएको छ । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको संयुक्त प्रहरी टोलीले भण्डारीलाई आफ्नै घरमा सञ्चालन गरेको पसलबाट लागू औषध फेला पारी पक्राउ गरेको हो ।

    यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।


  • सम्बन्धित विषय:

  • # लागू औषधसहित तीन जना पक्राउ
  • प्रतिक्रिया दिनुहोस