महेन्द्रनगर । कञ्चनपुरमा अवैध भन्सार छलीका सामान बरामद गरिएको छ ।
जिल्लाको भिमदत्त नगरपालिका—१० भुजेलाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी ३० हजार मूल्य बराबरको चिनी,माइक्रोनी,प्लास्टिक,वायरिङको सामान,सोडा लगायतका सामानहरू बुधवार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो ।
बरामद गरेका उक्त सामान आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको र आवश्यक कारबाहीको लागी भन्सार कार्यालय गड्डाचौकीमा पठाइएको प्रहरीले प्रहरीले बताएको छ ।
.gif)