मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि 'हेर्दाहेर्दै' मा


पश्चिम प्रेस
बिहीबार , पुस १२ २०८०
  • 451
    Shares

  • images
    images
    सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि 'हेर्दाहेर्दै' मा

    काठमाडौँ ।  क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि 'हेर्दाहेर्दै' मा राखिएको छ। बहस नटुङ्गिएपछि यसलाई शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको छ ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश  शिशिर ढकालको इजलासमा आइतबारबाट निरन्तर सुनुवाइ भइरहेको हो।

    आज सन्दीपका कानुन व्यवसायीको बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। जाहेरीवाला गौशाला -२६ र सरकारी वकिलका  तर्फबाट बहस सकिएको छ। अब सन्दीपका कानुन व्यवसायीहरूको बहस सकिएपछि वादीपक्षका कनुन व्यवसायीहरूले जवाफी बहस गर्नेछन्। 

    दुवै पक्षको बहस सकिएपछि न्यायाधीशले फैसला गर्नेछन्।


  • सम्बन्धित विषय:

  • # सन्दीप लामिछाने
  • प्रतिक्रिया दिनुहोस