मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कैलालीबाट भन्सार छलीका सामान बरामद


पश्चिम प्रेस
शुक्रबार, पुस १३ २०८०
  • 631
    Shares

  • images
    images
    कैलालीबाट भन्सार छलीका सामान बरामद

    कैलाली । कैलालीबाट अवैध भन्सार छलीका सामान बरामद गरिएको छ ।

    जिल्लाको धनगढी उपमहानगरपालिका—१ बसन्तटोलबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी १४ हजार मूल्य बराबरका हरियो केराउ र सिम्ला मिर्च लगायतका सामानहरू बरामद गरेको प्रहरीले जनाएको छ ।

    त्यसै गरी, गोदावरी नगरपालिका—५ सरस्वती मा.बि. गेटाबाट अन्दाजी ४० हजार ६ सय मूल्य बराबरको सुर्ती र गुट्खा लगायतका सामानहरू गरी जम्मा अन्दाजी ५४ हजार ६ सय मूल्य बराबरको सामानहरू शुक्रवार बिहान प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो ।

    उक्त सामान आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # भन्सार छलीका सामान बरामद
  • प्रतिक्रिया दिनुहोस