मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

जब मलामी गएकै बेला छोराको मृत्युको खबर आयो


पश्चिम प्रेस
शनिबार, पुस १४ २०८०
  • 888
    Shares

  • images
    images
    जब मलामी गएकै बेला छोराको मृत्युको खबर आयो

    महेन्द्रनगर । गाउँकै दाजु नाता पर्नेको दाहसंकारका गरेर ५२ वर्षीया टेकबहादुर शाह घर फर्किंदै थिए। लुङग्राको थुवा लेक नजिक पुगेपछि साथमै घर फर्किरहेकाहरुले सामाजिक सञ्जाल हेरेपछि काठमाडौँमा विरेन्द्रको मृत्यु भएको समाचार थाहा पाए। अनि त्यही खबर सँगैका टेकबहादुरलाई सुनाए। सुरुमा त विश्वास लागेन उनलाई तर पछि काठमाडौँमा आफन्तलाई सोधपुछ गर्दा सुनेको खबरले उनलाई छानोबाट खसेर्झ बनायो ।

    दसैंमा आउदा बुवाआमालाई ‘केही चिन्ता नगर्नु म विदेश जाने बेला बिदाइ गर्न आउनुपर्छ भन्दै’ काठमाडौँ गएका उनको मृत्युको खबरले बुबा टेकबहादुर सम्हालिन सकेनन् । 

    शरीरको एक भागमा प्यरालाइसिस भएर थन्किएका बुवा टेकबहादुरका लागि बुढेसकालको भरोसा नै वीरेन्द्र थिए । आर्थिक अवस्था कमजोर भएकाले कोरियाको सपना पुगेर २ वर्षअघि उनी काठमाडौं पुगेका थिए । तर बुढेसकालको भरोसा नै चुडिएपछि परिवार पाल्ने आशमा रहेको परिवारको अवस्था बेहाल भएको छ । 

    कोरियाका लागि रोजगार अनुमति प्रणाली (इपिएस)को परीक्षाको विषयमा बालकुमारीमा भएको आन्दोलनमा घाइतेपछि उपचारको क्रममा उनका छोरा विरेन्द्रको निधनको खबरले परिवारसहित गाउँ नै शोकमग्न छ। 

    सिउडी माविबाट २०७८ मा कक्षा १२ सम्मको अध्ययन गरेका वीरेन्द्रले डडेलधुराबाट भेटनरी जेटिए पनि पढेका थिए । तर आफूले पढेको विषयले जागिर पाइने सम्भावना नदेखेपछि कोरिया जानलाई भाषाको तयारी गर्न काठमाडौं लागेका थिए । 

    आर्थिक अवस्थामा कमजोर उनको परिवारमा बुवा भारतमा चौकीदारी गरेरै भए पनि छोरालाई विदेशमा पठाउने योजनामा थिए।

    वीरेन्द्रका जेठा दाइ एकेन्द्र महिनाअघि श्रीमतीसहित रोजगारीको खोजीमा भारतको मुम्बइ गएका थिए। भाइको निधनको खबरपछि उनीहरू घर फर्किरहेका छन्।

    घरको खेतीपाती र उमेर ढल्केका बुवाको भारतीय कमाइमा परिवार निर्भर रहेको छ। खेतीपाती बाहेक परिवारको आम्दानीको अरु स्रोत छैन। 

    कोरिया गएपछि सबै कुरा ठिक भइहाल्छ भन्ने विरेन्द्रको सपना क्षणभरमै बिलिन भएका छन्।

    वीरेन्द्रको अन्तिम संस्कार काठमाडौँ गर्ने कि अछाम ल्याउने केही टुंगो लागेको छैन।


  • सम्बन्धित विषय:

  • # बालकुमारी घटना
  • प्रतिक्रिया दिनुहोस