मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिमका उसु खेलाडी सवार बस दुर्घटना, एक जनाको मृत्यु


पश्चिम प्रेस
शनिबार, पुस १४ २०८०
  • 841
    Shares

  • images
    images
    सुदूरपश्चिमका उसु खेलाडी सवार बस दुर्घटना, एक जनाको मृत्यु

    महेन्द्रनगर । सुदूरपश्चिमका उसु खेलाडी सवार बस दुर्घटना भएको छ । मकवानपुरको हेटौडामा सम्पन्न प्रथम अन्तर प्रदेश स्तरीय राष्ट्रिय उसु प्रतियोगितामा सहभागी भएर फर्किदै गरेको सुदूर पश्चिमका उसु खेलाडीहरुको गाडीलाई शनिबार बिहान ट्रकलाई ठक्कर दिदा दुर्घटना भएको हो । 

    दुर्घटनामा एक जना खेलाडीको मृत्यु भएको छ भने ११ जना घाईते भएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी १८ वर्षीया निता खड्का रहेकी छन् । 

    यस्तै, उसु खेलाडी पुष्पा कुवँरको हातमा गम्भीर चोट लागेको छ । कपिलवस्तुको चन्द्रौटाबाट करीव १५ किमी पश्चिम स्थित चोरखोलामा राति एक बजे उसु खेलाडीहरु चढेको सुप यातायात सुप यातायातको ३३९२ नम्बरको बसलाई ट्रकले ठक्कर दिएको थियो ।

    ट्रकको ठक्करबाट घाईते भएकी खड्कालाई उपचारका लागि तत्काल बुटवलस्थित लुम्बिनी प्रदेश अस्पताल लगिएको थियो । चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । 


  • सम्बन्धित विषय:

  • # बस दुर्घटना
  • प्रतिक्रिया दिनुहोस