महेन्द्रनगर । परराष्ट्रमन्त्री एनपी साउँदले हमासको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीको सकुशल रिहाईका लागि सरकारको तर्फबाट गर्ने सबै प्रयास भइरहेको बताएका छन ।
आइतवार महेन्द्रनगरमा सामुदायिक रेडियो शुक्लाफाँटा एफएमको १७ वार्षिकोत्सव समारोहमा बोल्दै सरकारले जोशीको रिहाइका लागि शाक्तिराष्ट्रहरुसंग निरन्तर पहल गरिरहेको बताएका हुन । “इजरायल सरकारसंग पनि विपिनको रिहाइका लागि पटक पटक आग्रह गरेका छौ ।” मन्त्री साउँदले भने–“प्यालेस्टाइनसंग राम्रो सम्बन्ध रहेको कतारसंग म आफै गएर त्यहाँका प्रधानमन्त्री र विदेशमन्त्रीसंग आग्रह गरेको छु ।” उनले दोस्रो युद्ध विरामा विपिनको रिहाइ हुनेमा आश्वस्त पारे ।
सोहि कार्यक्रममा विपिनका आमावुवाले समेत उहाँसंग भेट गरेर विपिनको जीवनरक्षाका लागि पहल गरिदिन आग्रह गरेका थिए । “कतारले दोस्रो युद्ध विरामका लागि आफुहरु प्रयासरत रहेको जवाफ दिएको छ दोस्रो युद्ध विराममा विपिन सकुशल फर्किने छन ।” उनले भने–“पहिलो चरणमा महिला र वालिवालिका प्राथमिकतामा परे अब विपिनको रिहाइहुनेमा आशावादी छौ ।” उनले अनाहकमा नेपाली विद्यार्थीले इजरायलमा ज्यान गुमाउनु परेको भन्दै दुःख व्यक्त गरे ।
सोहि कार्यक्रममा उहाँले अहिले छिमेकीहरु संगको सम्बन्ध समेत सन्तुलित रुपमा अघि बढिरहेको बताए । “अन्तराष्ट्रिय सम्बन्धमा पनि अत्यन्तै जादा कटुटता आएको जस्तो देखिन्थ्यो ।” मन्त्री साउँदे भने–“छमेकीहरुलाई प्राथमिकता दिएर सन्तुलीत रुपमा अघि बढिरहेको छ ।”
.gif)