महेन्द्रनगर । कञ्चनपुरमा लागूऔषधसहित एकैदिन ७ जना पक्राउ परेका छन्।
आईतवार दिउँसो जिल्लाको भीमदत्त नगरपालिका—१८ पुस्पलाल चोक नजिकबाट १.८६ ग्राम चरेश र अवैध लागूऔषध प्रिगाबालिन ट्याब्लेट ५ थानसहित भीमदत्त नगरपालिका—१४ पलिया बस्ने २२ वर्षीय पारस चन्दसहित तिन जनालाई प्रहरीले पक्राउ गरेको हो । अस्थाई प्रहरी बिट पुष्पलाल चोक कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित फेला पारी तिनै जनालाई पक्राउ गरेको जनाएको छ।
यस्तै, आईतवार दिउँसो पुर्नबास नगरपालिका—११ भिम बस्तिबाट ८०५ मिलिग्राम लागूऔषध (खैरो हिरोइन) र अवैध लागूऔषध निटकोर—१० (निट्राजिपाम) लेखेको ट्याब्लेट १५ थानसहित सोही वडा नम्बर—५ बस्ने २९ वर्षीय कृष्ण बडुसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।
बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र प्रहरी चौकी परासन कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उक्त पदार्थसहित फेला पारी चारै जनालाई पक्राउ गरेको बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
.gif)