काठमाडौँ । युट्युबमा सर्वाधिक बढी सब्स्क्राइबर भएका युट्युबर मिस्टर बिस्टको टिम नेपाल आइपुगेको छ । शनिवार एक भिडिओ सार्वजनिक गर्दै मिस्टर बिस्टले आफ्नो टिम 'सिक्रेट मिसन'का लागि नेपाल पुगेको जानकारी दिएका हुन् ।
२ सय २४ मिलियन अर्थात् २२ करोड ४० लाख बढी सब्स्क्राइबर भएका मिस्टर बिस्टले परोपकारी कामका लागि ‘बिस्ट फिलान्थ्रोफी नामक युट्युब च्यानल पनि सञ्चालन गर्दै आएका छन् । सो च्यानलमा शनिवार ‘३० ल्याम्बोर्गेनी भर्सेस १० हजार जना’ शीर्षकको भिडिओ सार्वजनिक गर्दे मिस्टर बिस्टले आफ्नो टिम नेपाल पुगेको जानकारी दिएका हुन् ।
खाइलस्था दक्षिण अफ्रिकाबाट टुहुरा बालबालिकालाई सहयोग गर्दै बिस्टको २०२३ परियोजना सुरु भएको थियो ।
२०२३ को सोही परियोजना नेपालबाट टु्ङ्ग्याउने भन्दै सिक्रेट मिसनका लागि आफ्नो टिम संसारको सबैभन्दा उच्च हिमाल माउन्ट एभरेस्टमा पुगेको बताएका छन् । यो परियोजना अन्तर्गत आफ्नो टिमले के काम गर्न लागेको हो भन्ने विषय २०२४ मा सार्वजनिक गर्ने उनको भनाई छ ।
.gif)