जापानमा भूकम्पपछि सुनामी आउनसक्ने चेतावनी जारी गरिएको छ। अंग्रेजी नयाँ वर्ष २०२४ को पहिलो दिन आज जापानमा ७.६ रेक्टर स्केलको भूकम्प मापन गरिएको बीबीसीले जनाएको छ।
भूकम्प मापन केन्द्र जापानले नर्थ सेन्ट्रलमा भूकम्प गएको जनाएको छ। भूकम्पबाट भएको क्षतिबारे भने यकिन विवरण सार्वजनिक गरिएको छैन।
सुनामीको चेतावनी जारी भएपछि इशिकावा भन्ने स्थानका समुद्री किनारका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण सुरु गरिएको छ । जापानको मौसम विभागले यहाँ पाँच मिटरसम्म अग्लो समुद्री छाल उठ्ने र त्यसले क्षति पुर्याउन सक्ने चेतावनी दिएको छ ।
.gif)