नयाँ दिल्ली । भारतीय सर्वोच्च अदालतको एक फैसलाबाट भारतका डलरे अर्बपति गौतम अडानी एक पटक फेरी एसियाकै सबैभन्दा धनाड्य बन्न सफल भएका छन् । उनले भारतकै मुकेश अम्बानीलाई पछि पारेर एसियाक सबैभन्दा धनाड्य बन्न सफल भएका हुन् ।
बुधबार भारतको सर्वोच्च अदालतले अडानीले स्टक एक्सचेन्जलाई बढाइचढाइ गरेकोमा विशेष अनुसन्धान गर्नु नपर्ने फैसला सुनाएपछि उनी एसियाको सबैभन्दा धनि बनेका हुन् । हाल उनी विश्वका १२ औँ धनाड्य व्यापारीमा पर्छन् ।
मुकेश अम्बानी उनी भन्दा एक स्थान मुनि रहेका छन् । ९७.६ अर्ब डलर सम्पत्ति भएका अडानी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट मानिन्छन् । सन १९८८ मा स्थापना भएको उनको अडानी ग्रुपले मोदी सरकार आएपछि एकपछि अर्को फड्को मारेपछि यस्तो आरोप लाग्ने गरेको छ ।
केही सयम अगाडि अमेरिकाको अनुसन्धान संस्था हिन्डेनबर्गले अडानी समुहले स्टक एक्सचेन्ज जथाभावी बढाइचढाइ गरेको रिपोर्ट प्रकाशन गरेपछि स्टक एक्सचेन्जमा व्यापक एककासी गिरावट आउदा अडानी समूहको नेट वर्थ घटेको थियो। बुधबारको सर्वोच्चको फैसलापछि भने त्यो १८ प्रतिशत बढेको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।
.gif)