मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा ५ किलो बढी चरेससहित बझाङका धामी पक्राउ


पश्चिम प्रेस
सोमबार, पुस २३ २०८०
  • 494
    Shares

  • images
    images
    कञ्चनपुरमा ५ किलो बढी चरेससहित बझाङका धामी पक्राउ

    महेन्द्रनगर । कञ्चनपुरमा ५ किलो बढी चरेससहित बझाङका एक जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–३ तिलकपुरबाट ५ किलो १०४ ग्राम लागूऔषध चरेशसहित बझाङको केदास्युँ गाउँपालिका ६ का ६३ वर्षीय नरबहादुर धामी आईतवार राति पक्राउ परेका हुन्। 

    नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले धामीले बोकी राखेको झोलाबाट चरेस फेला पारी पक्राउ गरेको हो। 

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 


  • सम्बन्धित विषय:

  • # चरेस
  • प्रतिक्रिया दिनुहोस