शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

ब्रिष्टन कलेजले ३ दिने रोजगार मेला आयोजना गर्ने


पश्चिम प्रेस
बुधबार, पुस २५ २०८०
  • 1.6K
    Shares

  • images
    images
    ब्रिष्टन कलेजले ३ दिने रोजगार मेला आयोजना गर्ने

    महेन्द्रनगर । महेन्द्रनगरस्थित ब्रिष्टन कलेजले ३ दिने रोजगार मेला आयोजना गर्ने भएको छ । कलेजले अध्यनरत विद्यार्थीलाई  व्यवसाय सञ्चालन गर्ने शिक्षा र सीप विकासका लागि माघ ४ गते देखि ६ गतेसम्म रोजगार मेला आयोजना गर्ने भएको हो ।

    आफू कसरी स्वरोजगार बन्ने र त्यसका लागि कस्तो शिक्षा वा सीप सिक्ने भन्ने विषयमा जानकारी दिन तीनदिने ‘रोजगार मेला’ आयोजना गरिने कलेजका प्रमुख निशा भट्ट जानकारी दिएका छन् । स्थानीय उत्पादन र सीपलाई विशेष महत्व दिइने र यस क्षेत्रमा प्रयोग हुँदै आइरहेका परम्परागत खानाका परिकार, उत्पादन सामग्रीहरु प्रदर्शन गरिने उनले बताए । 

    विद्यार्थीहरुले विद्यालयमा सिकेको सैद्धान्तिक ज्ञानलाई स्थानीय स्तरमा कसरी व्यवहारमा प्रयोग गर्ने र त्यसबाट कसरी रोजगारीको सिर्जना गरी मुनाफा कमाउन सकिन्छ भन्ने  ज्ञानको व्यवहारिक प्रयोग रोजगार मेलाका माध्यमबाट सिकाउन कलेन प्रमुख भट्टले बताए । 

    साथै उत्कृष्ट व्यापारिक योजना भएका १० वटा समुहलाई बिना धितो, बिना ब्याज व्यवसाय सञ्चालन गर्न ऋण समेत प्रदान गरिने जनाइएको छ ।

    मेलाले विद्यार्थीको व्यापार गर्न चाहिने आधारभुत सीपको विकास तथा सञ्चार सीप (कम्युनिकेसन स्किल) बढ्ने विश्वास राखिएको छ।


  • सम्बन्धित विषय:

  • # ब्रिष्टन कलेज
  • प्रतिक्रिया दिनुहोस