सोमबार, फागुन १४ गते २०८० || Feb 26, 2024
images
images

थारु समुदायमा माघीको रौनक


पश्चिम प्रेस
आइतबार, पुस २९ २०८०
  • 162
    Shares

  • images
    images
    थारु समुदायमा माघीको रौनक
    images
    images
    images
    images

    महेन्द्रनगर ।  नेपालको तराई क्षेत्रका थारु समुदायमा माघ पर्वको रौनक सुरु भएको छ । नयाँ वर्षको रुपमा मनाइने माघ पर्व सो समुदायमा आजबाट सुरु भएपछि थारु बस्ती माघमय बनेको हो । 

    माघ थारु समुदायको महान पर्वका रुपमा मनाइने यो पर्व निकै उल्लासपूर्वक धुमधामसँग मनाउने गरिन्छ । पहिलो दिन आज बिहानैबाट जिता मार्ने काम सुरु भएको छ । आज बिहानै जिता मारेर आज हरेकको घरघरमा सुँगुरको मासुसहित मिठा परिकार पाक्ने गर्छ । यस दिन ढमार, ढुमरु गीत र मघौटा नाचमा रमाउँदै मिठामिठा परिकार खाने चलन रहेको छ । माघको पहिलो दिन थारु संवतको अन्तिम दिन हुने गरेकाले यस दिन वर्षभरिको दुःखपीडा बिर्सेर रमाउने परम्परा रहेको बताइएको छ । 

    भोलिदेखि थारु संवत् २६४७ सुरु हुँदैछ । आफ्नो नयाँ वर्षको दिन यो समुदायका मानिस बिहानै नदी, तलाउ, खोलामा नुहाएर आफूभन्दा ठुलालाई ढोगसलाम गर्ने र सानालाई आशीर्वाद दिने गर्दछन् । यसदिन रिसराग, आपसी वैमनस्य, झैझगडा सबै बिर्सेर एक आपसमा आत्मीयता दर्शाउनुका साथै शुभकामना आदानप्रदान गर्ने चलन छ । यसैगरी, मासु, ढिक्रीलगायतका परिकार खाने र आफन्तलाई खुवाउने गरिन्छ । 

    images


  • सम्बन्धित विषय:

  • # माघीको रौनक
  • प्रतिक्रिया दिनुहोस