सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिम विश्वविद्यालयमा हल्ट प्राइज हुने


पश्चिम प्रेस
शुक्रबार, फागुन १३ २०७८
  • 2.2K
    Shares

  • images
    images
    सुदूरपश्चिम विश्वविद्यालयमा हल्ट प्राइज हुने

    महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयमा हल्ट प्राइज आयोजना हुने भएको छ । विद्यार्थीका लागि नोबेल पुरस्कारका रूपमा चिनिने ‘हल्ट प्राइज’ सुदूरपश्चिम विश्वविद्यालयमा दोस्रो पटक हुन लागेको हो । कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत केन्द्रीय र आंगिक क्याम्पसका स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीले भाग लिन पाउने छन । यसमा स्नातक र स्नातकोत्तर तहका विद्यार्थीले ३–४ विद्यार्थीको समूहसँग भाग लिन सक्नेछन । 
    विवेकशील, मेहनती र ऊर्जावान् विद्यार्थीहरुका लागि एक अवसरका रुपमा हल्ट प्राइजलाइ दिने गरिन्छ । यस वर्ष ‘गेटिङ द वर्ल्ड ब्याक टु वर्क’ शीर्षकमा आधारित रहेर सन २०२४ सम्म २ हजार जनालाई आफ्नो व्यवसायबाट प्रत्यक्ष प्रभाव पार्न सक्ने गरी व्यावसायिक योजना बनाउनुपर्नेछ ।
    हल्ट प्राइजले विश्वव्यापी १० लाखभन्दा बढी विद्यार्थीलाई दीगो र लाभदायक व्यावसायिक विचार स्थापना गर्न उचित अवसर दिएको छ । हालसम्म शिक्षा, बिजुली, पानी जस्ता विषयमा प्रतिस्पर्धा भइसकेको छ । यसमा हरेक वर्ष विश्वभरबाट १२१ देशका २ हजार ५०० भन्दा बढी विश्वविद्यालयबाट ३ लाखभन्दा धेरै विद्यार्थीले सहभागिता जनाउँदै आएका छन ।
    हरेक वर्ष अमेरिकाका ४२औं राष्ट्रपति बिल क्लिन्टनले चुनौती सार्वजनिक गर्ने गरेका छन् र उनले हरेक वर्ष यस्तै समाजलाई सकारात्मक परिवर्तन ल्याउने खालका विषय रोज्ने गरेका छन । हरेक वर्ष चुनौतीहरू संयुक्त राष्ट्र संघका दीगो विकासका लक्ष्यहरू रहेर घोषणा गरिन्छ । प्रतिस्पर्धीहरू यिनै चुनौतीमा रहेर आफ्नो व्यावसायिक योजना प्रस्तुत गर्नुपर्नेछ । यस वर्ष ‘हल्ट प्राइज’ले ‘गेटिङ द वर्ल्ड ब्याक टु वर्क’ भन्ने चुनौती दिएको छ ।

    प्राइजको पहिल चरणमा ‘अन क्याम्पस प्रोग्राम’ हुनेछ । अन क्याम्पस प्रोग्रामको विजेताले रिजनलका लागि प्रतिस्पर्धा गर्न पाउनेछन । प्रतिस्पर्धीका लागि विभिन्न ट्रेनिङ, वर्कशप र सेमिनारहरू आयोजना गरिने छन । रिजनलका विजेता ‘एसिलेरेटर’मा प्रतिस्पर्धा गर्ने मौका पाउने छन । ‘एसिलेरेटर’का विजेताले ‘ग्लोबल फाइनान्स’मा प्रतिस्पर्धा गर्न पाउनेछन् ।
    ‘हल्ट प्राइज’को फाइनलमा पुगेको समूहले यूएन हेडक्वार्टरमा गएर आफ्नो ‘बिजनेश आईडिया’ प्रस्तुत गर्ने मौकाका साथ साथै फाइनल जितेमा आफ्नो उद्यम सञ्चालन गर्न १ मिलियन अमेरिकी डलर प्राप्त गर्ने छन ।


    प्रतिक्रिया दिनुहोस