काठमाडौं । अब नेपालमै छाति नचिरी मुटुको शल्यक्रिया हुने भएको छ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले पहिलोपटक छाति नचिरी मुटुको शल्यक्रिया ट्रान्सक्याथेटर अर्डिक भल्भ (TRANSCATHETER AORTIC VALVE IMPLANTATION (TAVI) पद्धतिमार्फत मुटुको सफल उपचार गरेको छ । गत फागुन १६ गते ८० वर्षीया महिलाको सफल उपचार गरिएको अस्पतालले जनाएको छ ।
यस उपचार पद्दतिमा तिघ्राको धमनी फिमोरल आर्टरी बाट एक विशेष किसिमबाट निर्मित तार अर्थात क्याथेटरद्वारा मानवनिर्मीत भाल्व मुटुभित्र छिराई रोग भएको एओर्टिक भाल्वको स्थानमा प्रत्यारोपण गरिने छ । प्रत्यारोपण भएको भाल्वले तुरुन्तै काम शुरु गर्ने हुँदा बिरामीलाई चाँडै नै आराम महसुस हुने र बिरामीलाई बेहोस गरी छाती र मुटु चिरी शल्यक्रिया गर्न नपर्ने भएकाले ऋयmउष्अिबतष्यल हरू न्यून हुने र बिरामीलाई चाँडै डिस्चार्ज गर्न सकिने हुन्छ ।
.gif)