महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका स्थीत ब्रिक्सटन कलेज र युनिग्लोब कलेज बीच सहकार्यका लागि सहमति पत्रमा हस्ताक्षर भएको छ । युनिग्लोब कलेजका तर्फबाट शैक्षिक निर्देशक प्रा.डा. राधेश्याम प्रधान ,प्रबन्ध निर्देशक डा. नरबहादुर विष्ट , कार्यकारी निर्देशक डा. गंगाधर दाहाल , कार्यक्रम संयोजक अनन्तराज घिमिरे र ब्रिक्सटन कलेजका तर्फबाट अध्यक्ष डा. नेत्रराज चटौत प्रबन्ध निर्देशक डा. भोजराज पन्त र प्रिन्सिपल निशा भट्टले संयुक्त रुपमा सहमति पत्रमा हस्ताक्षर गरेका हुन । दुबै कलेजले प्राध्यापक, कर्मचारी र विद्यार्थीको आदानप्रदान, संयुक्त अनुसन्धान र परियोजना कार्य, संयुक्त सम्मेलन र सेमिनार, संयुक्त सांस्कृतिक आदानप्रदान कार्यक्रम र परामर्श सेवाका लागि सहकार्य गर्ने सहमति पत्रमा उल्लेख छ ।
.gif)