धनियाँको पातको स्वादले खानाका परिकारहरुमा सुनमा सुगन्ध थप्ने काम त गर्छ नै यसको औषधीय गुण पनि उत्तिकै हुन्छ । धनियाँको पातमा भिटामिन सी, कार्बोहाइड्रेट, पोटासियम, क्याल्सियम, आइरन, फाइबर, थायामिन तथा मिनरल्स आदि थुप्रै पौष्टिक तत्व पाइन्छ ।
धनियाँले पाचन क्षमतामा सुधार ल्याउछ पेट दुख्ने जस्ता समस्याबाट पनि मुक्ति पाउन मद्दत गर्छ । त्यसैगरी मधुमेह रोगीहरूले रगतमा चिनीको मात्रालाई नियन्त्रणमा राख्नु एकदमै महत्वपूर्ण छ । तसर्थ, धनियाँको पातको सेवन रगतमा चिनीको मात्रा नियन्त्रण गर्न लाभदायक हुन सक्छ । मधुमेहका बिरामीका लागि खानामा हरियो धनियाँ नियमित रूपमा समावेश गर्दा रगतमा इन्सुलिनको मात्रा नियन्त्रणमा राख्न मद्दत गर्छ । अर्को महत्वपूर्ण कुरा आँखाको स्वास्थ्यका लागि भिटामिन ए राम्रो मानिन्छ । हरियो धनियाँमा भिटामिन ए पनि पाइन्छ । त्यसैले यसको सेवनले आँखाको ज्योति बढाउन मद्दत गर्छ । तसर्थ, बच्चादेखि वयस्कसम्म सबैको लागि धनियाँको पात खानु लाभदायक सक्छ ।
धनियाँमा मिर्गौलाले शरीरबाट फोहोर पदार्थहरू बाहिर निकाल्ने काम गर्छ । धनियाँमा डिटक्सिफिकेसनको गुण पनि हुन्छ । दालमा काटेर, तरकारीमा वा सुप आदि मा राखेर धनियाँको पात सेवन गर्न सकिन्छ ।
.gif)